दमकमा कडा लकडाउनको घोषणा, औषधि पसल बाहेक सबै ठप्प पार्ने निर्णय

३१ श्रावण २०७७, शनिबार मा प्रकाशित

विष्णुप्रसाद पोखरेल/ दमक,

झापाको दमकमा कडा लकडाउनको घोषणा गरिएको छ । दमकमा समुदायमा कोरोना संक्रमण फैलिएपछि शनिवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको जनाईएको छ । सबै प्रकारका पसल तथा ब्यवसायहरु बन्द गरिने नगरपालिका उपप्रमुख गीता अधिकारीद्धारा जारी बिज्ञप्तिमा उल्लेख रहेको छ ।

यो भन्दा अघि लकडाउनमा किराना पसल तथा खाद्य सामाग्रिका पसल खोलिदा लकडाउनको चरम अवज्ञा र कालोबजारी भएको थियो । नगरपालिकाले घोषणा गरेको लकडाउन अनुसार विहान २ घण्टा डेरी खोल्न दिने, औषधि पसल भन २४ सै घण्टा खोल्न पाईनेछ । तरकारी तथा अन्य खाद्य सामाग्रिका पसल तथा होटलहरु पनि पुर्ण रुपमा बन्द रहनेछन् ।

पास जारी भएका तथा अतिआवश्यकीय सवारी साधन बाहेक कुनै पनि सवारी साधन कुद्न नदिइने जनाईएको छ । संक्रमण रोक्नका लागि नगरपालिकाले सबै नगरबासीलाई अति आवश्यकीय काम बाहेक घर बाहिर ननिस्कन तथा हिडडुल नगर्न आग्रह हो, नगर प्रमुख रोमनाथ ओलीले भने ।

दमकमा ७ जनामा कोरोना सक्रमण देखिएको र कोरोना समुदायमा देखिएपछि शनिवार नै दमक उद्योग बाणिज्य संघले सम्पूर्ण ब्यापार ब्यवसाय ठप्प बनाउने निर्णय गर्दै नगरपालिकालाई जानकारी गराएको थियो । त्यो लगत्तै नगरपालिकाले पनि लकडाउन कडा पार्ने निर्णय गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here