चुनावी दैडाहमा राप्रपा नेपाल

0
604

वनियानी,कात्तिक २ । चुनावको मिति नजिकिएसंगै विभिन्न पार्टीका नेता तथा कार्यकर्त मतदाताको घरदैलोमा पुगेर चुनावी अभियानलाई तिव्रता दिइरहेका छन् ।
क्षेत्रगत रुपमा गाउँ तथा टोल टोलमा पुगेर पार्टीका नेता तथा कार्यकर्ताले आफ्नो पक्षमा मत तान्न विभिन्न कार्यक्रम समेत आयोजना गरिरहेका छन् । यसैक्रममा राप्रपा नेपाल झापाले क्षेत्र नम्वर ३ अन्र्तगत वनियानीमा चुनावप्रचार प्रचार समिति गठन गरेको छ । तुलाराम राजवंशीको संयोजकत्वमा गठित एकसय १३ सदस्यीय समितिको सदस्यमा शत्यनारायण यादव, अञ्जार आलम, फालगुनी राजवंशी, अकालु माझी, मोति कोल, दीपक शाह, नीमसरी राजवंशी लगायत रहेका छन् । राप्रपा नेपालका केन्द्रीय सदस्य तथा क्षेत्रनम्वर ३ का उम्मेद्वार राजेन्द्र लिङ्देनको अगुवाईमा कार्यक्रमको आयोजना गरिएको थियो ।