नेकपा सचिवालय ः कार्यदल अनुमोदित

0
935

काठमाडौं , सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सोमबारको सचिवालय बैठकले आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।

g]skf ;lrjfno M
sf7df8f}F, ! ebf} M ;Qf?9 g]kfn sDo’lgi6 kf6L{sf] ;f]daf/ k|wfgdGqL lgjf; afn’jf6f/df ePsf] ;lrjfno a}7sdf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL / cWoIf k’iksdn bfxfn …k|r08Ú nufot g]tfx? .
tl:a/ M k|wfgdGqLsf] ;lrjfno, /f;;

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णुप्रसाद पौडेलका संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले बैठकले कार्यदललाई बधाई ज्ञापन र अनुमोदन गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले कार्यदलको प्रतिवेदन अध्यक्षद्वयसमक्ष प्रस्तुत गर्ने र बैठकम आउने तालिका तय गरेको छ ।
यसअघि गत साउन ४ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले पार्टीको महाधिवेशन चाँडै मङ्सिरभित्र गर्न प्रस्ताव गर्नुभएको र त्यसमा सहमति भए पनि विवाद बाहिर आएको थियो ।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटीमा नियमित कार्यसूचीका अतिरिक्त शक्ति बाँडफाँट र सरकार–पार्टीबीचको समन्वयबारे विवाद उत्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here