जडीबुटीमा प्रचुर सम्भावना रहेको नेपाल

0
1440

कृष्णप्रसाद ढकाल,

आयुर्वेदका प्रवर्तक, ईश्वर ‘धन्वन्तरी’ बारेको अध्ययन आयुर्वेदीय जगतमा आइरहने र भइरहने आवश्यक र महत्वपूर्ण बिषय हो । समुन्द्रमन्थनमा अमृतको घडासँग प्रकट भएको मानिएका धन्वन्तरीलाई यदि समुन्द्र–मन्थनस्थल कोशीचतरा नै ठहरिएको हो भने, यिनी यसै हिमवतखण्डका उपज भन्न सकिने अवस्था छ । परमादरणीय नेपालका ऐतिहासिक प्रथम जगद्गुरु अनन्तश्री विभूषित वालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको भनाई अनुसार समुन्द्रमन्थनमा प्रकट भएको अमृतको घडामा बाक्लो तर लागेपछि धरानस्थित डाँडामा डल्लो (पिण्ड) बनाएर स्थापना गरियो र ‘पिण्डेश्वर महादेव’को नामबाट प्रख्यात भयो ।

जहाँ श्रावणमा दर्शनार्थीहरुको ज्याँदै भीड लाग्ने गर्छ । त्यसरी नै सूर्यपुत्र वैद्य अश्विनीकुमारको प्रसङ्ग पनि आयुर्वेदको उत्थानसँग जोडिएर अघि बढेको छ । आयुर्वेद यहाँ बेला–बेला छेलिन्छ, ओझेलमा पर्छ, तापनि आयुर्वेद, योग, प्राकृतिक चिकित्सा लगायत सबै प्रक्रियाहरु अहिलेको परिप्रेक्षमा स्वस्थ जीवन जिउने कार्यका लागि बरदान हुन् । यसको द्रूत बिकास, बिस्तार तथा प्रचार–प्रसार जरुरी छ । यहाँको भूगोल, प्राकृतिक स्रोतसाधन, हावापानी, दर्शन, सस्ंकृति लगायतका सबै पक्षहरु सहयोगी भूमिकामा छन् । आयुर्वेदबाट सम्भव भएका तर प्रयोगमा नआएका उपचार विधिहरुलाई प्रयोगमा ल्याउन पनि आवश्यक छ ।

आयुर्वेद क्षेत्रमा चीनले धेरै मेहनत गरेको छ, औलोज्वरोमा प्रयोग हुँदै आएकोे तितेपाती (छिङ्गहाओस)को अनुसन्धान गरी बनाएको इन्जेक्सनलाई ‘विश्व स्वास्थ्य संगठन’ले मान्यता दिएकाले विश्वभर यसको माग बढ्यो । त्यसरी नै सयुक्त राज्य अमेरिका, युरोप लगायतका राष्ट्रहरुमा एक्युपञ्चर, एक्युप्रेसर, मोक्सिवेसिन, मसाज लगायतका विधिहरुले प्रभाव जमाउँदैछन् । आयुर्वेदिक, एक्युप्रेसरका स्वास्थ्योपचार विधिमा निकै अघि बढ्दै गएकाले चीन विश्वभर आयुर्वेदिक औषधि निर्यातमा पनि सफल छ । भारत, श्रीलङ्का, बङ्गलादेशका जनता पनि स्वदेशी मौलिक आयुर्वेदिक औषधि उत्पादन र प्रयोगमा रमाउने गरेका देखिन्छन् । हामीले पनि यस विधिलाई अपनाउन आवश्यक छ ।

वनस्पति जगतको गुरुजी, समयान्तरमा अपभ्रंश हुँदै ‘गुर्जाे’ भएको छ । यसको एउटा औंला जति मोटाइको एक इञ्चको टुक्रा पानीमा उमालेर नियमित खाएमा शरीरको रोगसँग प्रतिरोध गर्ने क्षमतामा बृद्धि हुन्छ भनिएको छ । अमला–बेसारलाई दूधमा मिलाएर पनि नियमित खान सकिन्छ । गुर्जाे, मुलेठी, अमला, कागती, बेसार, घोरताप्रे, अश्वगन्धा, सतावरी, तुलसी, अदुवा लगायतका जडिबुटीलाई मसिनो टुक्रा बनाई पिसेर बिहान–बेलुका उमालेर चियाको रुपमा सेवन गरे पनि मानिसमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँन सकिन्छ । अहिले विश्वमा अदृष्य र अपत्यरिलो रुपमा अघि बढिरहेको डरलाग्दो हैजा कोरोना (कोभिड–१९) लाई जडिबुटीले नमारे पनि यसबाट मानिसलाई मर्न नदिने कुरा डा. कामेश्वर ठाकुर प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका निमित्त चिकित्सकको भनाई छ ।

निकै अगाडिको एक प्रसङ्गमा ३०÷३२ जना कामदारले खाना बनाउने क्रममा दुई सय केजीको भाँडामा उम्लदै गरेको पानीलाई चुलाबाट निकाल्दा अकस्मात हात खुस्किनाले एकजनाको जिउमा सबै खनियो । घरेलु विधि अनुसार हतार–हतार सुताएर एक बोरा नुन ल्याई शरीरमा पोखियो दुई÷तीन दिनमै बिरामी तन्दुरुस्त भयो । त्यसरी नै पोलेको ठाउँमा तत्कालै आलु घोटेर लगाउने वा घीऊकुमारी लगाउनु राम्रो मानिन्छ । काटेको ठाउँमा माकुराको जालो लगाउने तत्काल खुन रोकिन्छ, दाँतको किरामा आँपको सात वटा कलिलो पातको शनिबार चिया पकाएर मुख कुल्ला गर्ने, सेतो बारमासे पूmल वा कलिलो पात, पारीजातको मुन्टा, गुर्जाे, घीऊकुमारी डाइभिटिजका बिमारीलाई रामवाण मानिन्छ । तातो तेलमा हात डुब्यो भने मुखमा लगाउने क्रिम वा फेयर एण्ड लब्ली मजाले दलेमा ठीक हुन्छ भनिन्छ । भिटामिन सी को लागि अमला, सिटामोलको स्थानमा असुरो, चिराइतो आदिको उपयोग गर्न सकिन्छ । चरिअमिलो, घोरताप्रे, भृङ्गिराज, पुनर्नवा, तुलसी लगायत कैयौं झारजङ्गलका रुपमा रहेका जडिबुटीहरुलाई सदियौंदेखि हाम्रो समाजमा विविध प्रयोगमा ल्याउने कार्य भइरहेको छ ।

नेपालमा भएको एकमात्र सरकारी आयुर्वेद औषधि कम्पनी सिंहदरबार बैद्यखाना बिकास समिति सामान्य औषधि निर्माण गर्दै होला । स्वदेशमा आवश्यक पर्ने औषधि उत्पादनका लागि २०२९ सालमा बेलायत सरकारको प्राविधिक सहयोगबाट स्थापना गरिएको नेपाल औषधि लिमिटेडले एक सय २० प्रकारका औषधि उत्पादन गर्दागर्दै २०६६ सालमा अचानक बन्द भयो । पुनः २०७४ फाल्गुणबाट सिटामोल, २०७४ बैसाख २४ गतेबाट जीवनजल उत्पादन गर्दै क्रमशः हैण्डसेनिटाइजर, ग्लिसिरीन, अल्वेण्डाजोल, आइरन चक्की लगायत उत्पादन थालेको यहाँ रहेका विशेषज्ञहरुलाई अनुसन्धानमा लगाएर माथि उल्लेख भए अनुसारका पुस्ता–पुस्ताबाट खारिँदै आएका पुरातन उपचार विधिहरुको बारेमा अध्ययन गरी आफ्नो निष्कर्ष र निर्णय निकाल्नुपर्ने बेला भएको छ । यो पुरानो नेपाल औषधि लिमिटेडलाई अभैm म्युजियममा भैंm थन्क्याएर राखिनुभन्दा शाखाहरु बिस्तार गरी जडिबुटी उत्पादन थलोमा पु¥याएर ‘जडिबुटी उत्पादक कृषक समूह’ गठन गरी ‘प्राविधिक प्रशोधन तालिम’ दिएर त्यसैबाट त्यहीं प्रशोधन गराउनुपर्छ र प्रशोधित सामग्री केन्द्रमा ल्याई औषधि उत्पादन थाल्नुपर्छ । नेपाल औषधि लिमिटेडको ‘ब्राण्ड’ तयार गरी बिदेश निर्यात गर्नुपर्छ ।

‘हाम्रो भविष्य हाम्रो जडीबुटी’, ‘जडिबुटी नै हाम्रो स्वास्थ्य, सम्पत्ति र जीवन’ लगायतका नाराहरु तयार गरी, निर्णय गरी सर्वप्रथम खेर गइरहेका जडीबुटीको प्रयोगबाट हुने लाभको बारेमा जडिबुटी उत्पादक कृषकहरुलाई प्रशिक्षण शिविर मार्पmत सु–सूचित गराउनुपर्छ । यसका लागि सर्वप्रथम मुलुकका घोषणा गरिएका विशेष ‘जडिबुटी पोकेट क्षेत्र’मा माफियाहरुलाई छिर्न प्रतिबन्ध लगाउनुपर्छ । अनुमति बेगर कतै पुगेको जानकारी पाउना साथ कडाईका साथ दण्ड जरिवाना गर्नुपर्छ ।

विश्वमा पाइने एक हजार चार सय जडीबुटीमध्ये सानो मुलुक नेपालमा सात सय ५० भन्दा बढी जडीबुटी पाइन्छन् भनिएको छ । त्यसमा पनि हिमाली भेगमा मात्र पाइने विश्वमै दुर्लभ मानिएका पाँचऔंले, निरमसी, जटामासी र यार्सागुम्बा जस्ता १३ प्रकारका जडीबुटीहरुको पहिचान संकलन, संरक्षण, सम्वद्र्धन, अनुसन्धान र उत्पादनमा अब जुट्नुपर्छ । जडिबुटी बिषयमा रुची रहेका स्वच्छ व्यक्तित्वहरु र प्राविधिकहरुको एउटा मिश्रित टीम बनाएर महत्वपूर्ण जडीबुटीहरुको प्रशोधन, प्याकेजिङ्ग र बिक्रीवितरणको थालनी अब आपैंm गर्नुपर्छ । यस कार्यले आयुर्वेद र जडिबुटीबारे केही सिक्ने र बुझ्ने विश्वको मुख्य गन्तब्यको रुपमा नेपाललाई स्थापित गर्न सकिन्छ । नेपालको प्रशोधित जडिबुटीबाट उत्पादित औषधिले विश्वमा अलग र महत्वपूर्ण स्थान ओगट्न सक्छ, यसो हुनसकेमा मुलुकको प्रसिद्धी र प्रगति बढ्ने कुरामा दुईमत छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here