भारत तथा तेस्रो मुलुकबाट पीसीआर गरेर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न दिने निर्णय

0
594

मेचीनगर ,

मेचीनगरकाका कुनै पनि स्थानमा अनावश्यक रुपमा सवारी साधन पार्किङ नगर्न नगराउन मेचीनगर नगरपालिकाले सवैमा जानकारी गराएको छ ।

सोमबार नगरपालिकाको सभाकक्षमा नगर स्तरीय नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण नियन्त्रण कार्यदल २०७७ को वैठकले भारतबाट आउने विभिन्न मालवहाक सवारी साधनहरु नगरक्षेत्रभित्र विशेषगरी पेट्रोल पम्प, धर्मकाटालगायत मुख्यः लोकमार्गमै लामो समयसम्म पार्किङगरी राख्ने र सवारी चालकलगायतको टोलीले लोकमार्गलगायतका क्षेत्रमा खाना तथा खाजा बनाएर खाने तथा होटल पसलबाट सामान समेत खरिद गर्नै गरेका कारण नोवल कोरोना भाइरस कोभिड १९ संक्रमण फैलिन सक्ने सम्भावना देखिएको हुदा कुनै पनि ढुवानीका सवारी साधनलाई अनावश्यक पार्किङ नगर्न नगराउन पेट्रोल पम्प, धर्मकाटा र सम्बन्धित सवैमा जानकारी गराई कार्यान्वयन गर्न स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

भारतलगायत तेस्रो मुलुकबाट नगर प्रवेश गर्नेको संख्या नियमितरुपमा बढी रहेको हुदाँ क्वारेन्टाइन स्थलको अभाव देखिएको हुदाँ आदर्श मावि मेचीनगर ८ इटाभट्टा, जन कल्याण प्रावि मेचीनगर— १ लाई आवश्यकता अनुसार पुनः क्वारेन्टाइन स्थलको रुपमा सञ्चालन गर्नै निर्णय बैठकले गरेको छ । मेचीनगर नगरपालिकाका स्थायी बसोबासी भारतलगायत तेस्रो मुलुबाट आएमा निजले पीसीआर परीक्षण गरी आएको भए सो रिपोर्टका आधारमा परिवारको सहमति टोल विकास समिति तथा वडा समितिको सिफारीसमा १४ दिन होम कवारेन्टाईन बस्न अनुमती दिने समेत बैठकले निर्णय गरेको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यदलको बैठकले होम क्वारेन्टाइन ब्यवस्थापन मापदण्ड–२०७७ जारी गरेको छ । बैठकले १२ वटा बुँदामा मापदण्ड तयार गरेको छ ।

होम कवारेन्टाइनका लागि तोकिएको घरमा परिवारका सदस्यबाट अलग रहने गरी शौचालयसहित अलग कोठा हुनुपर्ने, होम क्वारेन्टाइनमा बस्ने व्यक्तिले परिवारका अन्य सदस्यहरुबाट न्यूनतम १४ दिन १ मिटरको दुरी कायम राखी आवश्यक सहयोग लिनुपर्ने, परिवारका अन्य सदस्यका लागि अनिवार्यरुपमा अलग कोठा शौचालय भएको घरलाई मात्र होम क्वारेन्टाइन तोक्न सकिने होम क्वारेन्टाइन ब्यवस्थापन मापदण्ड–२०७७ मा उल्लेख छ ।

यसैगरी, होम क्वारेन्टाइन तोकिएको घरमा अन्य व्यक्तिहरुको आवत जावत पूर्णरुपमा निषेध गरिएको हुनुपर्ने, होम क्वारेन्टाइन तोकिएको घरको शैचालयमा पर्याप्त पानी आवश्यकता अनुसार मास्क, सेनिटाइजर, ग्लोब्स र सावुन पानीको व्यवस्था हुनुपर्ने, होम क्वारेन्टाइमा बस्ने व्यक्तिले पूर्णरुपमा स्वयम् जिम्मेवार भएर बस्नुपर्नै, परिवारका सदस्यहरुको सुरक्षणको दायित्व समेत निजकै हुने, होम क्वारेन्टाइमा बस्ने व्यक्तिले २० सेकेण्डसम्म सावुन पानीले हात धुने विधिप्रयोग गरी हात सफा नगरी नाक, मुख र आखा छुन नहुने हुँदा यसप्रकारका स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने, होम क्वारेन्टाइमा बस्ने व्यक्तिले दिनको दुई पटक थर्मामिटर प्रयोग गरी आफ्नो ज्वरो मापन गर्नुपर्ने, ज्वरो मापद गर्दा ज्वरो देखिएमा तत्काल वडामा तोकिएको स्वास्थ्यकर्मीसँग सम्पर्क गर्नुपर्ने, होम क्वारेन्टाइमा बस्ने व्यक्तिले अनिवार्यरुपमा मास्क, सेनिटाइजर, ग्लोब्स प्रयोग गर्नुपर्ने, प्रयोग गरिएका मास्क, सेनिटाइजर, ग्लोब्स विर्काे बन्द गरिएको डस्विनमा राख्न र पछि सुरक्षित तरीकाले नष्ट गर्नुपर्नेलगायतका कुरालाई मापदण्ड–२०७७ मा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here