क्षितिजले बालगृहमा जन्मदिन मनाए

0
1237

झापा ।

बिर्तामोड ५ का क्षितिज प्रसाईंले बालबालिकालाई सहयोग गर्दै आफ्नो जन्मदिन मनाएका छन् ।

बन्दी सहायता नेपालद्धारा संचालित मनमाया आमा बालगृहमा प्रसाईले सोमबार आफ्नो जन्मदिन मनाएका हुन् । आमा–बुबा र केहि आफन्तसहित बालगृहमा रहेका १९ जना बालबालिकासंग उनले जन्मदिन मनाएका हुन् ।

प्रसाईले बालबालिकालाई खाद्यान्न, स्टेसनरी चकलेट बितरण गरेका थिए । बाहिर गरिने अनावश्यक फजुल खर्च असाय बालबालिकाहरुमा सहयोग गर्न भित्रबाट मन लागेको र जन्मदिन उनीहरुसंग मनाएको क्षितिजले बताए ।

छोराको सामाजिक उतरदायित्व प्रति सानै देखि भावना जागेकोमा आमा–बुबाले खुसी व्यक्त गरेका छन् । कार्यक्रममा सस्थाका अध्यक्ष जगतबहादुर मगर, माया उप्रेती, सस्थाका सचिव रन्जित परियारले क्षितिजले अत्यन्त सराहनिय कार्यको भन्दै प्रशंसा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here