मेनुकालाई बचाउन सहयोग जुट्दै

0
594

चारपाने।

झापाको कनकाई नगरपालिका– ८ लक्ष्मीपुरकी क्यान्सर पीडित मेनुका ढुङ्गेल (बास्तोला) लाई बचाउन सहयोग रकम जुट्दै छ ।

विगत ५ महिनादेखि ब्लड क्यान्सर रोगले ग्रसित झापा कनकाई –८, लक्ष्मीपुरकी ४३ बर्षीया बास्तोला उपचार खर्च अभावमा काठमाडौंको सिभिल अस्पताल परिसरमा छटपटाई रहेको अवस्थामा १५ दिन अघि बास्तोलालाई बचाउन कनकाई–८का वडाध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा गठन गरिएको मेनुका ढुङ्गेल (बास्तोला) बचाउ अभियानमार्फत सहयोग रकम संकलन हुने क्रमले निरन्तरता पाएको हो ।

सामान्य परिवारकी बास्तोलाको उपचारको लागि घर परिवारसंग खर्च जुटाउने सबै विकल्पहरु समाप्त भएपछि समुदायप्रति सहयोगको लागि अपिल गर्दै उपचार खर्च जुटाइदिन गरेको आग्रहलाई स्थानीय जनप्रतिनिधि, समाजसेवीहरु र दर्जनभन्दा धेरै संघ–संस्थाले अभियानमा जोडिएर सहयोगी दाताहरुसंग सहयोग गरिदिन अनुरोध गरिरहेको अभियानका उपाध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिए ।

गत साउन १५ गते अभियान गठन गरिएको थियो, सोही दिन अभियन्ता र स्थानीय दाताहरुबाट एक लाखभन्दा धेरै रकम संकलन भएको थियो । उक्त रकम तत्कालै उपचार खर्च अभावलाई सहज बनाउन मेनुकालाई पठाइएको थियो । रकम प्राप्त भएपछि उनको उपचार कार्यले निरन्तरता पाएपछि यतिवेला उनको स्वास्थ्यमा क्रमशः सुधार हँुदै आएको परिवारका सदस्य चन्द्र ढुङ्गेलले जानकारी दिए ।

मेनुकाको स्वास्थ्य र पारिवारिक अवस्थाको बारेमा सञ्चारमाध्ययमहरुमा समाचार आएपछि देश विदेशका विभिन्न स्थानमा रहेका नेपालीहरुबाट सहयोग रकम जम्मा हुन थालेको छ । पछिल्ला दिनमा मेनुकाको उपचारको लागि लीला राई फाउण्डेशन यूकेबाट ५० हजार, इन्दिरा ढुङ्गेल (सृजना शर्मा) को सक्रियतामा युएसएबाट ४९ हजार ५ सय, हल्दिबारी–१का रुकम गुरुङको सक्रियतामा २६ हजार, जनमिलन टोल विकास कनकाई–८ बाट २५ हजार २ सय ७० रुपैयाँ सहयोग अभियानलाई प्राप्त भएको छ ।

त्यसैगरी रोटरी क्लव अफ सुरुङ्गाबाट १२ हजार ५०, शिवप्रसाद धितालबाट १० हजार, देवनारायण निरौला यूएसएबाट ७ हजार, सिजन बिहीबारे ५ हजार, टेकबहादुर गिरी लक्ष्मीपुर ५ हजार, आदित्य अर्याल लक्ष्मीपुर ५ हजार, मीना दाहाल (ढुङ्गाना) कागेश्वरी मनहराबाट ८ हजार ५ सय, सुरेश कडरिया ५ हजार, नवीन पुरी युएसएबाट ५ हजार १ सय, सुसन ट्रेड लक्ष्मीपुर ५ हजार, पुष्प, ओमकार भट्टराई लक्ष्मीपुर बिहीबारेबाट ५ हजार रुपैयाँ सहयोग भएको छ ।

यस्तो छ मेनुकाको वर्तमान अवस्था

यतिवेला उनी बाँच्नको लागि संघर्ष गरिरहेकी छिन् । उनमा बाँच्ने आशा बढेको छ । १२ लाखभन्दा धेरै रकम खर्च भइसकेर आफ्नो जायजेथाबाट खर्च जुटाउन नसक्ने अवस्थामा पुगेकी मेनुकालाई एक महिना अगाडि अस्पतालले अब ७ लाख खर्च लाग्छ भनेको थियो ।

खर्च अभावको कारणले बाँच्ने आशा लगभग समाप्त भएको बताउँदै पीडित मेनुकाले अस्पताल परिसरबाट आफूलाई बचाईदिन गरेको अपिल कै कारण आज उनी बाँच्न सक्ने महशुस गरिरहेकी छिन् ।

मनकारी, धार्मिक व्यक्तिहरुले सकेको सहयोग उपलब्ध गराइरहेका छन् । तर अस्पतालले तोकेको उपचार प्रक्रिया समयसम्ममा रकम जुट्न नसक्ने हो कि भन्ने चिन्ताले सताइरहेको पीडित मेनुकाले पूर्वाञ्चलसँग दुखेसो व्यक्त गरेकी छिन् ।

यता अभियानका अभियन्ताहरु ७ लाख रुपैयाँ नभएकै कारणले मेनुकाले मर्नु पर्दैन सहयोगी मनकारी दाताहरुले रकम सहयोग गरेर बचाउने भरोसा दिलाइरहेका छन् । त्यही भरोसामा यतिवेला उनी काठमाडौंमा रहेर अस्पताल धाउने काम गरिरहेकी छिन् ।

मेनुकाको पारिवारिक अवस्था

घरमा ७० बर्षीया सासू छिन्, छोरा पनि दुःख भोगिरहेका छन् । बुहारी रोगले तड्पिरहेको अवस्थामा आफूलाई बेलाबेला सम्हाल्नसक्न छोडेकी छन् मेनुकाकी सासू हालसम्म जेनतेन उपचारमा खर्च जुटाउँदै आए पनि बुहारी बचाई दिनु भन्दै बिलौना गरिरहेकी छिन् ।

उनका श्रीमान आँशुको धारा बगाउँदै बिरामी श्रीमती सम्झिरहेका छन् । बुढीआमाको अवस्था पनि उनको लागि चिन्ताको विषय छ । स्वदेश आउन उनीसंग खर्च पनि छैन कम्पनीले काम पनि दिँदैन । मानसिक पीडामा बाँच्न बाध्य बनेका छन् उनका श्रीमान कुलप्रसाद । छोरा पनि लकडाउन अगाडि परिवारको दुःखलाई मल्हम लगाउन खाडीमुलुक पुगे तर दुःखीलाई जहाँ गए पनि दुःखै भोग्नुपर्ने भनाइ उनीमाथि सार्थक भएको छ । ऋण गरेर गएको छोराको अवस्था झन् कमजोर र कहालिलाग्दो छ, जाने वित्तिकै काम बन्द भयो स्वदेश फर्कन पनि पाएका छैनन् ।

मेनुकालाई बचाउन देश विदेशमा रहनुहुने दाताहरुलाई मेनुका बचाउँ अभियानको नाममा एनआईसी बैंकको खाता नं. २१०४१५०८९५१७८००१ जम्मा गर्न सकिन्छ । त्यस्तै उपाध्यक्ष केशवप्रसाद ओझाको मोवाइल नं. ९८५२६८२७४९ र कोषाध्यक्ष गीतादेवी निरौलाको ९८६३७६५१९६मा सम्पर्क गरेर रकम सहयोग गर्न सकिने अध्यक्ष कटुवालले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here