कोरोनाले न्यूनदृष्टिविहीन समस्यामा

0
451

नेपालगञ्ज,

नेपालगञ्जस्थित मङ्गलप्रसाद माध्यमिक विद्यालयमा ४० बढी न्यूनदृष्टिविहीन बालबालिका र किशोरकिशोरी अध्ययन गरिरहेका छन् ।

सो विद्यालयमा अहिले एकदेखि १० कक्षासम्म अध्ययनरत न्यूनदृष्टिविहीन विद्यार्थीको संस्थागत अभिभावकत्वको जिम्मेवारी बाँके नेत्रहिन सङ्घले लिएको छ । सङ्घले न्यूनदृष्टिविहीनलाई शिक्षा, सीप विकास तालिम र रोजगारी दिलाउने र उनीहरुको अधिकार स्थापित गराउन भूमिका खेल्दै आएको छ । कोरोना भाइरसको महामारीका कारण उनीहरुको समुचित व्यवस्थापन गर्न नसकिएको सङ्घले जनाएको छ ।

सङ्घका सदस्य समेत रहनुभएका सोही विद्यालयका न्यूनदृष्टिविहिन शिक्षक भोला त्रिपाठी भन्नुहुन्छ, “सङ्घले विभिन्न निकायसँगको सहकार्यमा न्यूनदृष्टि विहीनको जीवनलाई सहज र सरल बनाउने प्रयास गर्दै आए पनि कोरोनाको कहरले धेरैथरीका अभावको सामना गर्नु परिरहेको छ ।”

विद्यालयमा अध्ययनरत न्यूनदृष्टि विहीनको अध्ययन निःशुल्क हुने गरेको छ । त्यसको चाँजोपाँजो शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, बाँकेले मिलाएको छ । न्यूनदृष्टि विहीनका लागि राज्यका तर्पmवाट निशुल्क शिक्षा दिक्षा, सीपमूलक तालिम एवं रोजगारीमा आरक्षणको व्यवस्थाले पनि बाँके जिल्लाका न्यूनदृष्टिविहीनलाई आप्mनो जीवन सहज ढङ्गबाट अगाडि बढाउन अवसर मिलेको छ ।

मंगल माविमा न्यूनदृष्टिविहीनका लागि अलग अध्यापन गराइदैन, आँखा देख्नेहरुसँग राखेर पढाउने गरिएको छ । “यसो गर्नुको मुख्य उद्देश्य हामी सबै एउटै हौँ भन्ने भावनाको विकास गराउनु नै हो”, शिक्षक त्रिपाठीको भनाइ छ ।

बाहिरी आँखाले नदेखे पनि न्यूनदृष्टिविहीनसँग भित्री क्षमता धेरै हुन्छ । उनीहरुले अवसर पाए कुनै कुरामा पनि पछि पर्दैनन् । यहाका न्यूनदृष्टिविहीनहरु शिक्षकदेखि अधिकृतसम्मको पदमा काम गरिरहेका छन् । “उनीहरुलाई क्षमताअनुसारको रोजगारी दिनुपर्छ र अवसर पाए न्यूनदृष्टिविहीनले पनि धेरै ठूलाठूला काम गर्न सक्छन्”, अर्का न्यूनदृष्टिविहीन शिक्षक भावुकजङ्ग थापाको ठम्याइ छ । शिक्षक थापाले नेपालगञ्जस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्यनरत दृष्टिभएका बालबालिकालाई अध्यापन गराउँदै आउनुभएको छ ।

स्नातकसम्म अध्ययन गर्नु भएका शिक्षक थापा नेपाल नेत्रहिन सङ्घ, बाँँँकेको सचिवको जिम्मेवारीमा पनि हुनुहुन्छ । उहाँका अनुसार, बाँकेमा झण्डै पाँच हजार अपाङ्गता भएका व्यक्ति छन् । ती मध्ये न्यूनदृष्टिविहीनको सङ्ख्या झण्डै २०० रहेको छ । मंगलप्रसाद माविमा अध्ययरत न्यूनदृष्टिविहीनलाई नेपालगञ्ज उपमहानगरपालिकाको शिक्षा शाखाले सघाउँदै आएको छ ।

शिक्षा शाखाले पाठ्यपुस्तक, जिन्सी सामानलगायत छात्रवृत्ति एवं भौतिक पूर्वाधारमा सहयोग उपलव्ध गराउँदै जनाएको छ । “विद्यार्थीको आवश्यकता र सङ्घले माग गरेअनुसार सक्दो सहयोग हामीले शिक्षा शाखालाई उपलव्ध गराउँदै आएका छौँ”, शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here