एकै दिन ११ जनाको कोरोनाबाट मृत्यु, प्रदेश–१ मा ८९ संक्रमित

0
350

काठमाडौं,

शुक्रवार थप ८ सय ३८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ। १३ हजार ५ सय ७९ लाई गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनालाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै जम्मा संक्रमित संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

मन्त्रालयको निमित प्रेस ब्रिफिङमा प्रवक्ता डा।जागेश्वर गौतलमले हालसम्म नेपालमा संक्रिय संक्रमित १२ हजार १ सय ३२ जना रहेको बताए। शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको छ। एक दिनको आँकडामा यो संख्या अहिलेसम्मकै धेरै हो। यससँगै कुल मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ।

काठमाडौं उपत्यकामा १ सय ८२ जना संक्रमित शुक्रवार थपिएका छन्। २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएका छन्।

यता प्रदेश १ मा आज ८९ जना कोरोना संक्रमित थपिएका छन्। शुक्रवार थपिएका संक्रमितहरु ३८ महिला र ५१ जना पुरुष छन्। मोरङमा ४४, सुनसरीमा २९, झापामा ७ जना संक्रमित थपिएका हुन्। त्यस्तै इलाममा ४, पाँचथर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा आज १३ महिलासहित २९ जनामा संक्रमित थपिएका छन्। त्यस्तै मोरङककै कटहरीमा ५ महिला १ पुरुष, सुन्दरहरैचामा ३ महिला ३ पुरुष, धनपालथानमा २ र सुनबर्षीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ।

सुनसरीको दुहवीमा २ महिला १२ पुरुष, इटहरीमा १ महिला ४ पुरुष, बर्जुमा २ महिला २ पुरुष, देवानगञ्जमा १ पुरुष, कोशी गाउँपालिकामा १ पुरुष, धरान, इनरुवा, गढी र बराहक्षेत्रमा १–१ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयको तथ्याङ्क छ।

त्यसैगरी झापाको मेचीनगरमा ३ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, दमकमा १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ। इलामको सन्दकपुरमा २ महिला २ पुरुष, पाँचथरको फिदिम र उदयपुरको त्रियुगामा १–१ पुरुष, सर्लाहीका २ महिला र सिरहाका १ पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ४८६ पुगेको छ। प्रदेश १ मा शुक्रवार ६९ जना डिस्चार्ज भएका छन्। पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ४९, वीजनरल अस्पताल हरिनगर सुनसरीबाट १३ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना डिस्चार्ज भएका हुन्।

डिस्चार्ज भएकामा मोरङका २९, सुनसरीका २५, झापाका ११, इलामका ३ र धनकुटाका १ जना रहेका छन्। प्रदेश १ मा आज सम्म १ हजार २ सय २४ जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा आज २ हजार ६५ पीसीआर परीक्षण भएको छ। प्रदेश १ मा हालसम्म ७५ हजार ६ सय १८ पीसीआर परीक्षण भएको सामाजिक मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here