बिर्तामोड ।
साइकल पारखीका लागि अब झापामै जाइन्ट कम्पनीका साइकल बिक्री केन्द्र सञ्चालनमा आएको छ । द हिमालयन माउन्टेन बाइक सर्भिस सेन्टरले बिर्तामोडमा शोरुम सञ्चालनमा ल्याएको हो ।
शुक्रबार एक कार्यक्रमकाबीच बिर्तामोड सिटी सेन्टरमा शोरुम सञ्चालनमा ल्याएको सञ्चालक बुद्धभूषण योञ्जनले जानकारी दिए । जाइन्ट कम्पनीका साइकल बिक्री शुरु गरेर सेन्टरले झापामा साइकलयात्रीका लागि सहज बनाएको योञ्जनले बताए ।
एक करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको साइकल शोरुमका सञ्चालकहरुमा योञ्जनसहित योगेन्द्र थापा, धनराज मगर र राजीव धिमाल रहेका छन् । ‘साइकल चलाऔँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ सञ्चालनमा आएको शोरुममा ३३ हजारदेखि पाँच लाख रुपैयाँसम्मका साइकल उपलब्ध छन् ।






























