प्रेमी प्रेमिकाको कथालाई समेटेर आशिषले ल्याए ‘३६ घण्टा’ ( भिडियो )

0
1133

‘के गरौ भन’ पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो ‘३६ घण्टा’ लिएर गायक आशिष पोखरेल आएका छन्।

एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच ब्रेकअप हुन्छ । ब्रेकअप हुनु राम्रो त होइन तर, ब्रेकअप हुँदैमा सबै सकियो भन्ने पनि होइन ।

ब्रेकअप पछि पनि पाउन सकिने फाइदाको बारेमा यस गीतमा बताइएको छ । गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा स्वयम गायक आशिष पोखरेलको अभिनय रहेको छ। विक्रान्त रेग्मीले छायांकन गरेको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन्।

रामप्रसाद चौधरीले कलरिङ गरेको भिडियोमा भीएफक्स बसन्त घर्ति मगरले गरेका हुन्। आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।

यसघिका गीत संगीत जस्तै यस म्युजिक भिडियोलाई माया गरिदिन गायक पोखरेलले सम्पूर्ण संगीतप्रेमीहरुमा अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here