फाकफोकथुमका एक व्यक्ति अवैध हतियार सहित रविमा पक्राउ

0
759

पाँचथर,

मिक्लाजुङ गाँउपालिका–२ स्थित भञ्ज्याङ्ग भन्ने ठाँउबाट अवैध एक थान भरुवा बन्दुक सहित शुक्रबार एक व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ ।

इलाम फाकफोकथुम–२ जरिङ्गेगाँउ निवासी अन्दाजी वर्ष ५३ का ईन्द्र बहादुर तामाङलाई शुक्रबार विहान ३ बजेको समयमा अवैध हतियार सहित प्रहरीले पक्राउ गरेको हो ।

हतियार बोकी बाटोमा हिडेको अवस्थामा इलाका प्रहरी चौकी रविको गस्ती टोलीले उनलाई पक्राउ गरि थप अनुसन्धानको लागि सदरमुकाम फिदिम पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here