काठमाडौं,

पछिल्लो २४ घण्टामा देशभर थप ६ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। १२ हजार ५ सय १९ जनामा गरिएको पीसीआर परीक्षणमा ६ सय ३४ लाई संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ छ । १२ हजार ६ सय २१ संक्रमित छन्। निको भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।
शनिवार ९ जना संक्रमितको मृत्यु भएसँगै मृतक संख्या १ सय ४६ पुगेको छ। काठमाडौं उपत्यकामा २ सय १६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।






























