४७ जना फरार मुद्दाका पक्राउ, रु १० लाख राजश्व सङ्कलन

0
608

तनहुँ,

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार ४७ जनालाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, धरौटी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको हो । यसरी पक्राउ परेका फरार व्यक्तिबाट रु १० लाख राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिको खोजी गर्ने कार्यलाई तीव्रता दिन अभियानकै रूपमा थालिएपछि उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।

ज्यान मुद्दा, लागुऔषध, बलात्कार, जालसाजी, बहुविवाह, चोरीलगायतका फरार मुद्दाका व्यक्तिलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । यसरी फरार हुने मुद्दामा अधिकांश चोरी घटनाका छन् ।

तनहुँको प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक अरुण पौडेल आउनु भएलगत्तै फरार व्यक्तिको खोजी र पक्राउ अभियान थालिएको हो । उहाँ आउनुभएको करिब दुई महिनाको अवधिमा प्रहरी उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । उहाँले भन्नुभयो, “विभिन्न मुद्दाका फरार व्यक्ति धमाधम पक्राउ पर्न थालेपछि जिल्लावासीले सुरक्षाको अनुभूति गर्न थालेको महसुस गरिएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here