नेपाली सेनाद्धारा शंकास्पद बस्तुको ‘डिस्पोज’

0
1107

झिलझिले ।

‘चौथी खेल्न’ शनिबार राति झापाको शिवसताक्षीमा राखिएको बम जस्तो देखिने शंकास्पद बस्तुको नेपाली सेनाको प्राविधिक टोलीले आईतबार बिहान ’डिस्पोज’ गरेको छ ।

केहि युवकहरुको समुहले उखु चपाएर त्यसको छेस्का स्थानीय मोती भट्टराईको घरको डाईनिङ टेवलमा राखेको स्थानीयले बताएका छन् । बिहान भट्टराईकी श्रीमती ईन्दीराले डाइनिङ टेवलमा शंकास्पद बस्तु देखेपछि स्थानीय छिमेकीलाई खबर गरेकी थिईन् ।

नरिवलको डोरीले पोको पारेर त्यसभित्र उखुको छेस्का राखिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण काईरालाले भने, ‘त्यस भित्र विद्युतीय तार र रेडियोमा लाग्ने ब्याट्री समेत जडान गरेकाले स्थानीय त्रसित बनेका हुन् ।’ ‘डिस्पोज’ पछि उखुको छेस्का, पाँच वटा ढुँङ्गा, बिद्युतीय तार र रेडियोमा प्रयोग हुन ब्याट्री फेला परेको थियो ।

स्थानीयले प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटना स्थल पुगेर उक्त बस्तुलाई सुरक्षित गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चाराली स्थित श्रीनाथ गणको नेपाली सेनाको प्राविधिक टोलीले उक्त बस्तुलाई सुरक्षित ढंगले बिस्फोट गरेको थियो । विस्फोट गराउदा करिव ३ सय मिटर दुरी सम्म बम पड्कीएको जस्तो आवाज आएको स्थानीयले बताएका छन् ।

कसले यस्तो शंकास्पद वस्तु राख्यो भन्नेबारे अनुसन्धान शुरु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरले बताए ।

कुनै राजनीतिक आवद्धता र व्यवसायमा संलग्न नरहेका भट्टराईको घरमा चौथी खेल्न हिँडेकाले यस्तो काम गरेको आशंका प्रहरीको छ । ‘कुनै राजनीतिक तथा व्यावसायिक आवद्धता नभएको साधारण परिवारलाई चौथी खेल्न निस्केकाले तर्साउन यस्तो वस्तु राखेको हुनसक्ने अनुमान छ,’ झापाका प्रहरी उपरीक्षक कोइरालाले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here