झापा।
झापाको भद्रपुर र कचनकवलमा विभिन्न पार्टी परित्याग गरी एक सय भन्दा बढी नेता कार्यकर्ता राप्रपा प्रवेश गरेका छन् ।
भद्रपुर नगरपालिका वडा नं २ स्थित डिगाउँबाट तात्कालीन नेकपा माओवादीका टंक भुजेल सहित नेपाली कांग्रेस, नेकपा लगायतका पार्टीबाट १०७ जना राप्रपा प्रवेश गरेका हुन् । त्यस्तै भद्रपुर २ गौरीशंकरबाट पनि २३ जना युवा राप्रपा प्रवेश गरेका छन् ।
नव प्रवेशीहरुलाई पार्टी सदस्यता प्रदान गर्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले प्रतिकूल परिस्थितिका बीच राप्रपालाई उठाई छाड्ने संकल्पका साथ अगाडि बढिरहेको बताउनुभयो ।
यस्तै कचनकवल वडा नं १ को विस्तारित बैठकका क्रममा नेपाली काग्रेस र नेकपाका ४६ जना युवाहरू राप्रपामा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई राप्रपा नेता लिङ्देन, क्षेत्रीय अध्यक्ष नवराज पनेरु, राप्रपा भद्रपुर नगर अध्यक्ष राधा कार्की, काचनकवल गापाका अध्यक्ष अन्जार आलम लगायतले स्वागत गर्नुभएको थियो ।
पार्टी टुटफुटले गत निर्वाचनमा हार व्यहोरेको राप्रपा अहिले भन्ने एकीकरणले कार्यकर्तामा एउटा उत्साह थपेको छ । राप्रपाले देशैभरि अपेक्षाकृत मत ल्याउन नसकेपनि झापा जिल्लामा भन्ने स्थानीय निर्वाचनमा समेत ३ स्थानमा विजयी हासिल गरेको थियो । तर, आज राप्रपा झापा जिल्लाकै एउटा शक्तिको रूपमा स्थापित हुँदैछ । जनताले हाल राप्रपाप्रति विश्वास पलाएको बताउँछन् ।

























