गणेश अर्याल/ इलाम ।

इलामको रोङ गाँउपालिकाले गत आर्थिक बर्षमा स्वास्थ्य क्षेत्रमा गरेको कामको समिक्षा गरेको छ । आइतबार गाँउपालिकामा समिक्षा गोष्ठी गरेर स्वास्थ्य क्षेत्रमा भए गरेका कामको समिक्षा गर्दै भाबि योजनामा पनि छलफल भएको थियो ।
स्वास्थ्य ब्यवस्थापन समितिको सम्योजक एव गाउपालिका उपाध्यक्ष चन्द्रकला राईको सभापतित्वमा भएको कार्यक्रममा गाउपालिका अध्यक्ष शमसेर राई प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराई सबै वडाका अध्यक्षहरु कार्यपालिका सदस्य, सञ्चार कर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सबै वडामा रहेको स्वास्थ्य केन्द्रका प्रमुख हरुले आआफ्नो स्वास्थ्य चौकीको कार्यलयको प्रगति बिवरण सुनाएका थिए । प्रत्येक वडाको लक्षित जनसख्याको आधारमा कति जनाले स्वास्थ्य संस्था बाट सेवा लिएका थिए ? स्वास्थ्य सस्थाको अवस्था कस्तो छ ? र थप सेवा प्रवाह गर्न अव के सुधार गर्नुपर्ने छ ? भन्ने लगायतको बिषयमा वडामा रहेको स्वास्थ्य सस्थाका प्रमुख हरुले जानकारी गराएका थिए ।
स्वास्थ्य शाखाका प्रमुख नेत्रप्रसाद पोखरेलको स्वागत मन्तब्य बाट सूरु भएको कार्यक्रममा कोरना भाइरसको अवस्था, रोग ब्यवस्थापनमा भएका खर्च लगायतको बारेमा पनि जानकारी गराइएको थियो । कार्यक्रम स्वास्थ्य शाखाका सह–संयोजक युवराज काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो ।






























