स्वास्थ्य सर्तकता अप्नाउन नगरप्रमुख शिवाकोटीको आग्रह

0
590

बिर्तामोड ।

नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेका बेला समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको छ ।

समुदायमा कोरोना देखिए पछि झापाको बिर्तामोड नगरपालिकाले आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ । नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले सामाजिक सञ्जाल फेसबुकमार्फत आवश्यक सावधानी अपनाउन नगरबासीमा अपिल गरेका हुन् ।

बिर्तामोडको रत्न सुपर मार्केटमा सुनचाँदी व्यवसायीका परिवारका दुई जना महिला सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बजारमा त्रास बढेको छ ।

नगर प्रमुख शिवाकोटीले संक्रमण देखिएको रत्न र प्रसाई सुपर मार्केट सिल गरिएको बताउँदै त्यहाँका व्यवसायीको पीसीआर परीक्षणको तयारी भइरहेको जनाएका छन् । मंगलवार उनीहरुको परीक्षण गरिनेछ ।

नगर प्रमुख शिवाकोटीले दुबै मार्केटका व्यवसायीलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क राख्न पनि भनेका छन् । स्वास्थ्य शाखा प्रमुख ओम खड्काले सयभन्दा बढी व्यवसायीको परीक्षण सूची तयार भएको बताए ।झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने दकमका एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here