अवैध हात हरियार खरखजना मुद्दामा फरार सुनिल मेचे पक्राउ

0
904

मेचीनगर ।

जिल्ला प्रहरी कार्यालय झापाले अवैध हात हरियार खरखजना मुद्दामा फरार रहेका अर्जुनधारा नगरपालिका–६ का सुनिल मेचेलाई पक्राउ गरेको छ ।

मेचेलाई आइतबार बिर्तामोड पश्चिम बस स्टेण्ड क्षेत्रबाट पक्राउ गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए । ३८ वर्षीय मेचे विरुद्ध अवैध हात हतियारको मुद्दामा जिल्ला प्रशासन कार्यालय ललितपुरले २०७५ चैत ११ गते एकवर्ष कैद र एकलाख रुपैयाँ जरिवाना हुने ठहर गरी फैसला सुनाएको थियो ।

फरार रहेका मेचेलाई पक्राउ गर्न ललितपुरले झापा प्रहरीलाई पत्राचार गरेपछि पक्राउ गरिएको प्रवक्ता थापाले जानकारी दिए । मेचेलाई कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here