तुलसीप्रसाद निरौला ,बिर्तामोड, ।
झापा बाह्दशी –६ बिहिबारे वजार घर भइ हाल वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेकी नम्रता उप्रेती(टंका)ले फरक तरिकाले जन्मदिन मनाएकी छिन् ।

जरोकिलो प्रतिष्ठान नेपालकी संस्थापक सदस्य, सहृदयता अन्तर्राष्ट्रिय इजरायलकी संयोजक, मौलिक जरोकिलो पार्टी प्रस्थसभा सदस्य समेत रहेकी उनले बाह्दशी गाउँपालिकाभित्र रहेका १३ जना अपाङ्गता भएका ब्यक्तिलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेर जन्मदिन मनाएकी हुन् ।
हाम्रो बाह्दशी अपाङ्गता अभियान बाह्दशी –६ बिहिबारे वजारको समन्वय तथा ईजरायलमा रहेकी नम्रता उप्रेती(टंका) र जरोकिलो महाअभियानकी अभियन्ता तथा युगनिर्माण महिला समाज नेपालकी आजिवन सदस्य पवित्रा बजगार्इंको सहयोगमा बाह्दशी गाउँपालिकाभित्र रहेका १३ जना अपाङ्गता भएका ब्यक्तिलाई दैनिक उपभोग्य सामग्री बितरण गरिएको हाम्रो बाह्दशी अपाङ्गता अभियानका अध्यक्ष सन्तोष सुवेदीले बताए ।
पछिल्लो समय जन्मदिनमा साथीभाई बोलाएर पार्टी दिने चलन चलिरहेका बेला आफ्नो जन्मदिनलाई अविस्मरणीय बनाउँदै जन्मदिनको नाममा गरिने फजुल खर्च कटौती गरेर त्यो खर्चले अपाङ्गता भएका ब्यक्तिलाई सहयोग गरेको इजरायलमा रहेकी नम्रता उप्रेती(टंका)ले बताइन् ।
विश्वमा कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण अपाङ्गता भएका व्यक्तिका परिवार भोकभोकै बस्न नपरोस् भन्ने उद्धेश्यले दैनिक उपभोग्य सामग्री प्रदान गरेको उनले वताइन् ।
बाह्दशी गाउँपालिकाभित्र रहेका १३ जना अपाङ्गता भएका ब्यक्तिलाई उप्रेतीका बुवा जयनारायण उप्रेती , भाई श्यामवावु उप्रेती , समाजसेवी छविलाल संग्रौला , हाम्रो बाह्दशी अपाङ्गता अभियानका अध्यक्ष सन्तोष सुवेदीलगायतले दैनिक उपभोग्य सामग्री प्रदान गरेका थिए ।
उनीहरुले फजुल खर्च गरेर तडकभडकतरिकाले जन्मदिन मनाउने क्रम वढीरहेको समयमा बाह्दशी गाउँपालिकाभित्र रहेका १३ जना अपाङ्गता भएका ब्यक्तिलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेर जन्मदिन मनाएकोमा उप्रेती र वजगाईंलाई धन्यवाद दिएका थिए ।































