गणेश अर्याल /इलाम,

पछिल्लो समय इलाममा अबैधकारोबारी हरु धमाधम पत्राउ पर्न थालेका छन् । बिभिन्न मितिमा अपराध गरी लुकिधिपी बसेका हरुलाइ समेत पक्रन प्रहरी सफल हुदै आएको छ यसै क्रममा इलाममा ठगी मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् भने गाजा सहित २ जना पक्राउ परेका छन् । त्यसैगरी माइजोगमाइमा अस्पताल बनाउन एक जना दानदाताले ९ रोपनी जमिन दान गरेका छन् ।
हराएको मोबाइल भेटियो
बिभिन्न मितिमा हराएको मोबाइल फोनहरु प्रहरीले फेला पारी सम्बन्धित फोनको धनीलाई बुझाएको छ ।
इलाम नगरपलिका ८ बस्ने खेम कुमारी दाहालको सामसुङ ए टु मोबाईल थान(१, इलाम नगरपालिका १२ बस्ने ईन्द्र माया लिम्बुको ओप्पो मोबाईल एक थान, इलाम नगरपलिका ९ बस्ने कमल प्रसाद मैनालीको सामसुङ ए टेन मोबाईल एक थान र सुर्योदय नगरपालिका १४ बस्ने टंक बहादुर आले मगरको सामसुङ जे टु मोबाईल एक थान फेला पारी सम्बन्धीत धनीलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गुरुङ पक्राउ
ठगी मुद्दाको एक जना अभियुक्त इलाममा पक्राउ परेका छन् । इलाम नगरपालिका ३ बस्ने ३४ बर्षीय अनिस गुरुङ पक्राउ परेका हुन् २०५९ साल माघमा अदालत बाट साढे एक बर्ष (१बर्ष ६ महिना) कैद र १ लाख ५०हजार रुपैया जरिबानाको फैसला भएपनि लुकिछिपी भाग्दै रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी लाल ध्वज सुबेदीले जानकारी दिनु भयो
माइजोगमाइमा २५ शैयाको अस्पताल
इलामको माइजोगमाइ गाउपालिकामा अस्पताल बनाउनको लागि एकजना दाताले ९ रोपनी जमिन निशुल्क उपलब्ध गराएका छन् । माइजोगमाइ १ नयाबजारका ध्रुब श्रेष्ठले जमिन उपलब्ध गराउनु भएको हो ।
गाउपालिकाले अस्पताल बनाउनको लागि जग्गा खोजीगरी रहेको अवस्थामा दानबिर ध्रुब श्रेष्ठले जग्गा दान गर्न तयार हुनु भएको हो । हालै सो गग्गा गाउपालिकाको नाममा रजिष्ट्ेसन पास गरी धनीपुर्जा गाउपालिकालाई हस्तान्तरण गरिएको छ । माईजोगमाई गाउपालिका स्वास्थ्य शाखा प्रमुख राम शंकर देव र गाउपालिका अध्यक्ष जित बहादुर राई लगायतको उपस्थितिमा श्रेष्टले जग्गा धनी पुर्जाको प्रमाण पत्र गाउपालिकालाई प्रदान गर्नुभएको छ ।
चलन चल्तीको भाउमा उत्त जग्गाको मुल्य २करोड पर्ने स्थानीय ले बताएका छन् । सो जग्गामा २५ शैयाको अस्पताल बनाउने गाउपालिकाको योजना रहेको अध्यक्ष जीतबहादुर राईले बताउनु भएको छ ।































