प्रहरीद्धारा झापामा हरिणको मासु बरामद

0
596

भद्रपुर।

कोरोना भाइरसको त्रासका बिच झापामा वन्यजन्तुको सिकार हुने गरेको पाइएको छ । झापा र इलामका वनजंगलबाट वन्यजन्तुको सिकार हुने गरेको पाइएको हो ।

सिकारीहरूले वन्यजन्तुको सिकार गरी मासु, हड्डि र छाला चर्को मूल्यमा बिक्री गर्ने गरेको स्थानीय बताउँछन् । यसैक्रममा सशस्त्र प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ५ स्थित पानीघट्टाबाट हरिणको मासु बरामद गरेको छ ।

केही व्यक्तिहरूले जङ्गलबाट हरिण ल्याएको र त्यसलाई मारेर मासु काटी रहेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोली सोमबार राती हरिणको मासु बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका डिएसपी प्रेम भण्डारीले जानकारी दिए । सशस्त्र प्रहरीले घटनास्थलमा हरिणको मासु फेला पारेको थियो ।

तर, घटनामा संलग्न व्यक्तिहरू सशस्त्र प्रहरी पुग्न साथ फरार भएको जनाइएको छ । यता सशस्त्र प्रहरीले बरामद गरेको हरिणको मासु डिभिजन वन कार्यालय झापाका रेन्जर कुलप्रसाद भट्टराईलाई जिम्मा लगाएका थिए । अन्दाजी २० किलो हरिणको मासु बरामद गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

घटनास्थलमा हरिणको सिङ भएको ठाउँ र शरीर दुवै फेला परेको उनले बताए । पछिल्लो समयमा झापा र इलामको जङ्गलमा हरिणको सङ्ख्या वृद्धि हुँदै गइरहेकोले यस्तो घटना हुन पुगेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here