बालिका बलात्कारमा संलग्न दुई ब्यक्ति अर्जुनधाराबाट पक्राउ

0
971

बिर्तामोड ।

झापाको अर्जुनधाराबाट बलात्कारमा संलग्न दुई ब्यक्ति पक्राउ परेका छन् । मंगलबार साँझ एक किशोरीलाई बलात्कनर गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

शनिश्चरे बजारबाट घरतर्फ जाँदै गरेकी किशोरीलाई गढीस्थित विरिङ पुलबाट पछ्याउँदै गएका दुई युवाले टाङटिङ खोलाको किनारमा रहेको सानो जंगलमा बलात्कार गरेको बताइएको छ ।

अर्जुनधारा १ र ४ मा पर्ने मदनपुरस्थित विरिङ जलाधार क्षेत्रमा धाकधम्की दिएर किशोरीमाथि जबरजस्ती करणी गरिएको बताइएको छ । अर्जुनधारा ३ स्थित शिविर घर भएकी युवतीलाई बलत्कार गरेको आरोपमा शनिश्चरे प्रहरी चौकीले दुई जनालाई पक्राउ गरेको हो ।

गस्तीमा रहेको टोलीले अर्जुनधारा ७ मा बस्दै आएका गौरादह नगरपालिका घर भएका २२ वर्षीय अशोक दर्जी र कमल गाउँपालिका घर भएका २४ वर्षीय विक्रम हास्दालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

टाङटिङ खोलाको पुलमा रुँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले किशोरीलाई भेटेर सोधपुछ गर्दा घटना बाहिर आएको थियो । किशोरीको भनाइका आधारमा प्रहरीले बाटोमा फर्किँदै गरेको अवस्थामा आरोपित दुई युवालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रिजालका अनुसार किशोरीलाई स्वास्थ्य परीक्षणका लागि पठाइएको छ । यसअघि अर्जुनधाराकै शंकर हस्पिटलमा उनको प्राथमिक उपचार गरिएको थियो । पक्राउ परेका युवालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here