झापामा कोरोना संक्रमण बढ्दै, आज १६ जना थपिए

0
454

बिर्तामोड ।

झापामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बुधबार दमकका १५ सहित १६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । देशभर बुधबार ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।

दमकका ९ पुरुष र ६ जना महिला तथा गौरीगञ्ज गाँउपालिकाकी एक महिला गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

१४ जनामध्ये २ जना औषधि विक्रेता, भारतबाट आएका दुई जना र १२ जना स्थानीयमा कोरोना पुष्टि भएको हो । दमकमा समुदायमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ । यो संगै झापामा जम्मा संक्रमितको संख्या ५३४ पुगेको छ । दमकका एक पुरुषको कोरोनाकै कारण काठमाण्डौंमा मृत्यु समेत भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here