झापा,

झापा गाँउपालिका ३ कामाटोलिमा गोली चलेको छ । गोरु काटेको खबर पाएपछि गएको प्रहरीको टोली कामाटोली पुगेको थियो ।
प्रहरीले काटिएको गोरुको टाउको र खुट्टा बरामद गरी फर्कने क्रममा स्थानीय आक्रोशित भई प्रहरीमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।
स्थानीयको आक्रमण पछि थप मद्यतको लागि गएको सशस्त्र प्रहरी गएको थियो । सयौँको संख्यामा स्थानियहरु टायर पुल्ठो बाली नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण गरेको अवस्थामा स्थिति नियन्त्रण बाहिर गएको बताइएकोछ ।
सशस्त्रको गोलि लागि एक व्यक्ति घाईते भएको बताईएको छ । घाइतेको ढाडमा चोट लागेको र विर्तामोड स्थित वि एण्ड सी अस्पतालमा उपचारको लागि पुयाइएको अस्पताल स्रोतले बताएको छ ।





























