नेप्लिज टिन्सले पाचौँ वार्षिक उत्सव मनायो

0
628

बिर्तामोड ।

झापामा विभिन्न सामाजिक काममा सक्रिय रहेको नेप्लिज टिन्सले पाचौँ वार्षिक उत्सव मनाएको छ ।

हरेक वर्ष वार्षीक उत्सवको दिन रक्तदान कार्यक्रम गर्दै आएपनि यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण कुनै औपचारिक कार्यक्रम नगरिएको नेप्लिज टिन्सका सदस्य प्रेम ढुङ्गेलले जानकारी दिए ।

वार्षीक उत्सवको अवसरमा सबै सदस्य सल्लाहकार र माया शुभचिन्तक सवैमा नेप्लिज टिन्सले शुभकामना दिएको छ । वार्षिक उत्सवको अवसरमा जिल्लाका विभिन्न स्थानमा ब्यानर टाँगेर र स्वर्गीय दिपिका लिम्बुको स्मृतिमा दिप प्रज्वल गरेर वार्षिक उत्सव मनाइएको हो ।

रगत अभावकै कारण दिपिकाले ज्यान गुमाउनुपरे पछि अरुले यसरी ज्यान गुमाउन नपरोस् भनेर संस्थाको स्थापना गरिएको सदस्य ढुङगेलले जानकारी दिए । रक्तदान तथा अन्य परोपकारी काममा सक्रिय रहेको यो संस्था झापासहित देशभर सक्रिय रुपमा सामाजिक काममा अग्रसर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here