झापा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा जिल्लामा पार्टी विस्तार अभियानलाई तीव्रता दिएको छ ।
राप्रपाका नेता राजेन्द्रप्रसाद लिङदेनले पार्टी विस्तार अभियानलाई तीव्रता दिएको हो । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सङ्घीय सांसद समेत रहेका लिङदेन अहिले आफ्नो निर्वाचन क्षेत्रमा पार्टी विस्तार अभियानमा व्यस्त देखिन्छ ।
यसैक्रममा हल्दिबारी गाउँपालिका ५ स्थित नेपाली काँग्रेसका वडा सदस्य पदका उम्मेदवार तिलमाया दर्जी, तत्कालीन नेकपा माओवादीका वडा सदस्य पदका उम्मेदवार तथा हाल नेकपामा क्षेत्रीय सदस्य भक्त लिम्बु लगायत ३८ जना राप्रपामा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेका सदस्यहरू नेकपा र नेपाली काँग्रेसमा आबद्ध थिए । राप्रपामा पार्टीमा प्रवेश गरेका उनीहरूलाई राप्रपाका नेता लिङदेनले स्वागत गरेका थिए ।
























