झापा र पाँचथरमा करेन्ट लागेर दुई जनाको मृत्यु

0
523

झापा ।

झापा र पाँचथरमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनावारी बस्ने २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको छ ।

आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

उता पाँचथरको याङवरक गाउँपालिका–४ बस्ने ४५ बर्षीय श्रीप्रसाद काम्बाङको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा बिद्युतको तार सर्ट भई बनाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएका काम्बाङलाई उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा उपचारको क्रममा गयराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here