सेलिनाको जन्मदिनमा असहाय ,अशक्तलाई सहयोग

0
1091

तुलसीप्रसाद निरौला , विर्तामोड । पछिल्लो समय आफ्नो जन्मदिन फरक तरिकाले मनाउनेको संख्या बढ्दै गएको छ । जन्मदिनका अवसरमा हुने फजुल खर्चलाई परोपकारी काममा खर्च गरेर जन्मदिन मनाउनेको संख्या पनि बढ्दै गएको छ ।

 

 

त्यसमा पनि पछिल्लो समय जन्मदिनका दिन असहाय ,अशक्तलाई सहयोग गरेर जन्मदिन मनाउनेको संख्या ह्वातै बढेको छ ।

यसैक्रममा झापा अर्जुनधारा –१० कालिस्थानकी सेलिना खरेलले फरक तरिकाले जन्मदिन मनाएकी छिन् ।
हाल अध्ययनको शिलशिलामा अष्ट्रेलियाको ताजमानिँयामा रहेकी उनले झापा विर्तामोड –२ चारपाने वेलडाँगीमा रहेका असहाय ,अशक्तलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेर जन्मदिन मनाएकी हुन् ।
पछिल्लो समय जन्मदिनमा साथीभाई बोलाएर पार्टी दिने चलन चलिरहेका बेला आफ्नो जन्मदिनलाई अविस्मरणीय बनाउँदै जन्मदिनको नाममा गरिने फजुल खर्च कटौती गरेर त्यो खर्चले असहाय ,अशक्तलाई सहयोग गर्दा आफूलाई खुशी प्राप्त हुने भएकाले यस्तो कार्य गरेको उनले बताइन् ।

विश्वमा कोरोना भाइरस संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण आर्थिक अभावमा भोकभोकै बस्ने अवस्थामा पुगेका असहाय ,अशक्तलाई भोकभोकै वस्नु नपरोस् भन्ने उद्धेश्यले दैनिक उपभोग्य सामग्री प्रदान गरेको उनले वताइन् ।

सानैदेखि सामाजिक कार्यमा अग्रसर सेलिनाले आफ्नो जन्मदिनमा अष्ट्रेलियाबाट पठाएको रकमले विर्तामोड –२ चारपाने वेलडाँगीमा रहेका अशक्त , असहायलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेको सेलिनाका बुवा लिलाप्रसाद खरेलले बताए ।

उनले आफू र श्रीमती निरादेवी खरेल भएर अशक्त , असहाय , लाई चामल , दाल , खानेतेल , नुन लगायतका सामग्री प्रदान गरेर छोरीको जन्मदिन मनाइदिएको वताए ।

कोरोना महामारीका कारण दैनिकी चलाउन समस्या भएको भन्दै उनीहरुलाई सहयोग गरेको खरेलले बताए । आगामी दिनमा पनि यसै गरी मानवीय सेवामा तत्पर रहने उनको भनाई छ ।

कोरोनाको त्रासका कारण ज्याला मजदुरीमा जान समेत नपाएर कष्टपूर्ण अवस्थामा जीवन गुजारीरहेका उनीहरुमा चामल , दाल , खानेतेल , नुन लगायतका सामग्री प्राप्त गर्दा हर्षको सिमा नै थिएन । उनीहरुले लिलाप्रसाद र निरालाई धन्यवाद दिँदै जन्मदिन मनाउने सेलिनालाई सुस्वास्थ्य ,दिर्घायूको आशीर्वाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here