विर्तामोड ।

पातञ्जल योग समिति नेपाल प्रदेश नंं. १ को अध्यक्षमा गंगाप्रसाद ढकाल चयन भएका छन् ।
जुम प्रविधिको प्रयोग गरी भएको वैठकले ढकालको अध्यक्षतामा पातञ्जल योग समिति नेपाल प्रदेश नंं. १ को कार्यसमिति गठन गरिएको हो ।
नवगठित समितिको उपाध्यक्ष केशवकुमार ताम्राकार ,महासचिव भवानी दुलाल , कोषाध्यक्ष जीपी तिवारी रहेका छन् । त्यस्तै सदस्यहरुमा डम्वर अधिकारी , अनिता गुरागाईं , खगेन्द्र भण्डारी , भास्कर निरौला , काजीमान श्रेष्ठ , राजन ताम्राकार , सुरेन्द्र वाग्ले , नारद निरौला , तेजेन्द्र (तर्क) पराजुली रहेका छन् ।
पातञ्जल योग समिति नेपालका संस्थापक संरक्षक वालमुकुन्द सुवाल , केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदी ,महासचिव नवराज काफ्ले र प्रदेश नंं.१ इञ्चार्ज होमप्रसाद गौतमलगायतले नवगठित समितिलाई कार्यकाल सफलताको शुभकामना दिएका थिए ।































