मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु

0
557

मोरङ।

मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सिमरा–८ बाराका ४५ बर्षीय राजकुमार पुलामी, साईकल चालक स्थानीय २८ बर्षीय नवराज बराईली र साईकलको पछाडी सवार रहेका ४५ बर्षीय डम्बरबहादुर श्रेष्ठ घाईते भएका थिए ।

घाईते तिनै जनालाई उपचारको लागि बिराट नर्सिंङहोम पठाईएकोमा उपचारको क्रममा साईकलमा पछाडी सवार रहेका डम्बरबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अन्य दुबै जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको तथा मोटरसाईकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here