कोरोना संक्रमणका कारण कमल गाउँपालिकामा ८३ वर्षीय वृद्धको मृत्यु

0
579

 

झापा, झापाको कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण आज विहान एक व्यक्तिको मृत्यु भएको छ ।
कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठले दिएको जानकारी अनुसार केरखा बजार निवासी ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
वृद्धलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान निधन भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here