सुनसरी।

सुनसरीको धरान उप–महानगरपालिका–१३ बाट लागूऔषध खैरो हेरोईन सहित एक जना पक्राउ परेका छन् ।
धरान–१३ का २० बर्षीय बिजय शेर्पाले आफ्नै कोठामा लागूऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ३०० मिलिग्राम लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाउको छ ।































