झापा,मोरङ र सिराहाका तीन जना कोरोना संक्रमितको मृत्यु

0
557

झापा ।

सुनसरीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

झापा, मोरङ र सिराहाका कोरोना संक्रतिमको मृत्यु भएको हो। झपाको कमल गाउँपालिकामा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको हो ।
कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवाश श्रेष्ठले दिएको जानकारी अनुसार केरखा बजार निवासी ८३ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

वृद्धलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याइएको थियो । उनको उपचारकै क्रममा आज बिहान निधन भएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। दुवै मृगौला फेल भएर लामो समयदेखि डायलासिस गराइरहेका उनी उच्च रक्तचाप र मधुमेहका पनि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ।

यस्तै मोरङको बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको आज विहान सवा ३ बजे मृत्यु भएको छ। उनमा भदौ ९ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। पहिला कोशी अञ्चल अस्पताल पुगेकी ती महिलामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो।

यसैबीच, प्रतिष्ठानमै उपचारका क्रममा रहेका सिराहाका ५५ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको छ। भदौ ६ गते प्रतिष्ठानमा भर्ना भएका सिराहा नगरपालिका १ का पुरुषमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो। उच्च रक्तचापका विरामी समेत रहेका उनलाई अवस्था जटिल भएपछि दुई दिनदेखि आइसियुमा राखेर उपचार गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here