झापाका कोरोना संक्रमितको नेपाली सेनाले शव ब्यवस्थापन ग¥र्यो

0
670

बिर्तामोड ।

झापाको कमल गाँउपालिकाका ८३ वर्षीय एक पुरुषको कोरोनाको संक्रमणका कारण निधन भएपछि उनको शव नेपाली सेनाले ब्यवस्थापन गरेको छ ।

धरान स्थित वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहान कोरोना भाइरसका कारण निधन भएपछि उनको शव नेपाली सेनाले ब्यवस्थापन गरेको हो । मृतकको शव शुक्रबार नै झापा ल्याएर चारआली स्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणबाट खटिएको टोलीले कमल गाँउपालिका–३ स्थित रतुवामाई वृक्षारोपण आयोजना क्षेत्रमा अन्तिम संस्कार गरिएको बताइएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल अनुसार विधि पूस्र्वका शवको ब्यवस्थापन गरिएको नेपाली सेनाले जनाएको छ । शव ब्यवस्थापनमा खटिएका सैनिक जवानहरुले अन्तिम सलामी दिएका थिए ।

यो संगै झापाका दुई पुरुषको कोरोना भाइरसकाको संक्रमणका कारण मृत्यु भइसकेको छ । यसअघि दमकका एक पुरुषको काठमाण्डौंमा उपचारकै क्रममा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here