सज्जा बनिन् तेस्रो नेपाल आइडल

१२ भाद्र २०७७, शुक्रबार मा प्रकाशित

काठमाडाैं,

नेपाल आइडल तेस्रो सिजनको उपाधि सज्जा चौलागाईंले जितेकी छन्।

शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । उनले किरण कुमार भुजेल र प्रवीण भेटवाललाई पछि पारेकी हुन्।

यस्तै वाइल्ड कार्डबाट प्रवेश गरेका प्रवीण भेटवाल फस्ट रनरअप बन्न सफल भए। किरण कुमार भुजेल भने तेस्रो स्थानमा सीमित रहे।

सुरुवाती दिनदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै आएकी सज्जा यस सिजनको विजेता बन्न सक्ने धेरैको अनुमान थियो।

त्यहीअनुरुप दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता घोषित भएकी हुन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here