सिम्रनसंग ४५ मिनेट

0
1002

कथा

झण्डै ४५ मिनेटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका सुरज र नयनले सिम्रनलाई नै खोजी रहे । उनी पछाडि भएकाले छिटो निस्केकी थिइन् । तर, उनको लगेज ब्याग भएकाले पक्कै पनि भेटिन्छ भन्ने आशामा नै थियौं हामी । नभन्दै निस्कने गेटमै उनलाई भेट्यौं । उनले ब्यागभित्र अचार भएको चन्द्रगढी विमानस्थलमै बताएकी थिइन् । त्यहाँ सिम्रनलाई ब्याग बोक्न पनि नयनले सहयोग गरेका थिए ।

त्रिभुवन विमानस्थलमा भेट भए पनि बोलचाल भने भएन । हामी अघि बढ्यौं । एउटा ट्याक्सी रिजर्भ गरेर काठमाडौंको दरबार मार्गमा रहेको होटल उडल्याण्डतर्फ जानै लाग्दा सिम्रन पनि बाहिर निस्किसकेकी थिइन् । उनी कसैको प्रतिक्षामा रहेकी थिइन् । नभन्दै एक युवा मोटरसाइकल लिएर सिम्रनको अघि आइपुग्छन् । अनि ब्यागबीचमा राखेर सिम्रन मोटरसाइकलको पछाडि चढ्छिन् र अघि बढ्छिन् । त्यसबेला सुरजले भन्छन्– ‘देखिस् मुला अघिदेखि सिम्रन भन्दै थिइस्, अर्कैैले लग्यो ।’ मैले पनि ‘होइन सर त्यो उसको दाइ हुनुपर्छ’ भन्दै मन बुझाएँ । एउटी सुन्दर नारीलाई मनपराउनु वा राम्रो लाग्नु स्वभाविकै हो । म हेरिरहे मात्र, मोटरसाइकल अघि बढ्यो एकैछिनमा सिम्रन सवार सवारी देख्दै छाडियो ।

राजधानीमा अत्याधिक सवारीसाधनको चाप भएकाले सिम्रन कता गइन् भन्ने केही थाह भएन । त्यसपश्चात हामी पनि ट्याक्सी चढेर अघि बढ्यौं । सोही क्रममा सुरजले नयनलाई जिस्क्याउन थाल्यो– देखिस त मुला तैले हेरेको अर्कैले लग्यो । परिचय नभए पनि वर्षौंअघि नै चिनजान भएको जस्तो व्यवहार गर्ने, अनि गहिरो प्रेममा परे झैं हेरिरहने नयन अहिले पनि सिम्रनलाई सम्झिरहन्छ । नयन र सुरज झापा आएर आफ्नै काममा व्यस्त रहेका थिए । एकदिन सुजरको मोबाइलमा घण्टी बज्छ । अब्बुई ! फेसबुक म्यासेन्जरमा पठाएको म्यासेज रहेछ । सुरजले नयनसँगका कुरा बताए पछि प्रकाशन भएको कथामा सिम्रनसँगका वास्तविक कुरा भएकाले सिम्रनले अब्बुई भन्नु नौलो थिएन ।

त्यसलगत्तै नयनको फ्रेण्ड रिक्योस्ट एक्सेप्ट गरेर सिम्रनले नयनलाई स्क्रिन सर्ट पठाउँछिन् । नयन र सिम्रनबीच निकै लामो कुरा हुन्छ । कुरा गर्दैगर्दा सिम्रनले आफूलाई विमान स्थलमा लिन जाने मामा भएको र मामासँग मोटरसाइकलमा गएको प्रष्टीकरण दिइन् । झापा आएरसँगै चिया खानेसम्मका कुरा गरेका सिम्रन र नयनले कथा साँच्चै प्रेमिल रहेको निश्कर्ष समेत निकाल्छन् । तर, सामाजिक सञ्जालमा वर्षौंअघि चिनजान भएर बोले झैं गरेका उनीहरु अहिले एकअर्काबीच सात समुन्द्र वारिपारि रहेका छन् ।

सिम्रन काठमाडौंबाटै अष्ट्रेलिया पुगि सकेकी छन् । कोरोना भाइरसको संक्रमण फैल्न शुरु भइसकेको थियो । अध्ययनलाई अघि बढाउन अष्ट्रेलियाको मेलवन शहरमा रहेकी सिम्रनलाई केही कठिनाइहरु पनि नआएका होइनन् । अष्ट्रेलियाको होम्स कलेजमा अध्ययन अघि बढाएकी सिम्रन साँच्चै सुन्दर नारीभित्र पर्ने गरेकी छिन् । सिम्रन जति सुन्दर छिन् त्यति नै भ्रद र सरल नारी पनि हुन् । मात्र ४५ मिनेटको यात्राको क्रममा चिनजान भएकी सिम्रन आज पनि नयन र सुरजकी मिल्ने साथीको रुपमा रहेकी छन् ।

पेशा, व्यवसाय, भूगोल र परिस्थितीले अलग बनाए पनि प्रविधिले एकै घरभित्र राखिदिएको छ । चाहेको बेला कुरा गर्न सक्ने तथा अन्य पारिवारिक, शैक्षिक तथा भूगोलको विषयमा सूचना तथा जानकारीहरु आदानप्रदान हुने गरेको छ । कोरोना भाइरसले नेपालमा मात्र नभएर विश्वमा नै आक्रान्त रुप लिइरहेका बेला पनि छाटो भेटमा भएको त्यो आत्मियतालाई हामी सबैले कदर गर्नैपर्छ । मानिस जन्मेपछि मृत्यु अवश्य हुन्छ त्यो शास्वत् सत्य हो । तर, बाँचुञ्जेलसम्ममा मानिसले के गर्ने भन्ने आफूमै निर्भर हुनेको छ । सिम्रनभित्रको सरलता, नयन र सुरजले देखाएको सद्भावले नै हामी नेपालीहरुको पहिचान दिएको छ । माया र ममताले नै हरेक चिजको सुन्दरतामा निखारता ल्याउने गरेको छ ।

आज सिम्रन अष्टे«लियामा नेपाली संकृति, भाषा र परिवेशलाई सम्झँदै आफ्नो अध्ययनलाई अघि बढाइरहेकी छन् । यता नयन र सुरज पनि कोरोना कहरकाबीच पनि आफ्नो काम कर्तव्यलाई अघि बढाइरहेका छन् । सामान्य चिनजानबाट शुरु भएको सिम्रनसँगको यात्रा आज साँच्चै पारिवारिक अवस्थामा आएर निरन्तर अघि बढिरहेको छ । जो जहाँ भए पनि हामी नेपालीबीचको एकता र सद्भावले नै हामीलाई एकताको सूत्रमा बाँधिइ रहन्छ । सिम्रनलाई शैक्षिक सफलताको शुभकामना ।

(यो घटनाका पात्र काल्पनिक हुन् । कसैको जीवनसंग मेल खाएमा संयोग मात्र हुने छ ।)

सिम्रनसंग ४५ मिनेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here