झापा ।

संखुवासभामा शनिवार थप २ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय खाँदबारीको हिरासतमा रहेका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनिहरु खाँदबारीको हिमालय किरण क्याम्पसको आइसोलेसन तोडफोड गरेको आरोपमा पक्राउ परेका थिए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रवार गरिएको परिक्षण हिरासतमा रहेका ६० र ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जानकारी दिएको छ । उनिहरुलाई हिरासतबाट खाँदबारीमा रहेको आइसोलेसन कक्षमा सर्ने तयारी भइरहेको कार्यालयले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाले जिल्लामा समुदाय स्तरमा कोरोना फैलिएको हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।































