सुनसरी । 
जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत सप्तरीको बलानका हवल्दार विजयकुमार मण्डलको दुर्घटनामा परेर मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका प्रहरी हवल्दारको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको हो ।
कार्यालयकै मोटरसाइकलमा गस्तीमा निस्किएका बेला शनिवार बिहान उनले चलाएको को१प २११५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो ।
सुनसरी प्रहरीका अनुसार मोटरसाइकल इनरुवा नगरपालिका–९ बबिया मोडस्थित भित्री सडक खण्डमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि विराट नर्सिङ होम ल्याइएको र उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।































