मेचीनगरका होटल तथा ट्राभल व्यवसायीद्धारा सरकारसँग राहत माग

0
1370

लक्ष्मी उप्रेती / मेचीनगर ।

झापा मेचीनगरका होटल तथा ट्राभल व्यवसायीहरुले नोवल कोरोना भाइरस कोभिड १९ को प्रत्यक्ष मारमा अन्य व्यवसायीहरु भन्दा आफुहरु परेको भन्दैं सरकारसँग राहतको आग्रह गरेका छन् ।

मेचीनगरमा साना तथा ठूला गरी ६ सय होटल रहेको र ३ सय ३१ जना व्यवसायी होटल व्यवसायी संघ मेचीनगरमा रहेको संघका सचिव हस्तकुमार तामाङ्गले बताउनुभयो । ती होटलमा सातदेखि आठसय मजदुर कार्यरत भए पनि अहिले सवै बेरोजगार बनेको सचिव तामाङ्गको भनाई छ ।

नोवल कोरोना भाइरस कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनको सवैभन्दा धेरै असर होटल व्यवसायमा परेको उहाँको भनाई छ ।

मेचीनगरमा ६ सयको हाराहारीमा होटल रहेको त्यसमा केही होटलहरु स्टार मझौला तथा साना रहेको र अहिले सवै होटल ठप्प प्राय रहेको सचिव सचिव तामाङ्गको भनाई छ । होटल ठप्प भएका कारण धेरै होटल व्यवसायीहरु पेशा छाडेर पलायन हुने अवस्थामा पुगे भने त्यहाँ कार्यरत मजदुरहरु बेरोजगार बनेको संघले जनाएको छ ।

नगरमा सञ्चालनमा रहेका एउटा होटलले १० देखि १२ लाख रुपैयाँ सम्म लगानी गरेका छन् । कुनैमा लगानी यो भन्दा बढी छ । ५० प्रतिशत भन्दा बढी होटल भाडामा सञ्चालनमा छन् । केही घरधनीले स्वतः स्फूत रुपमा व्यवासायीहरुलाई घरभाडा छुट दिएर सहयोग गरे पनि लकडाउनका कारण व्यवसाय चौपट्ट बनेका कारण भाडा समेत तिर्ने अवस्था नभएकाले १० देखि १५ जना व्यवसायीले घरधनीलाई होटलका सवै सामान जिम्मा लगाएर व्यवसायबाट पलायन भएका छन्

६/६ महिनासम्म होटल व्यवसाय बन्द गर्नुपरेका कारण अहिले होटल व्यवसायीको लागानी वालुवामा पानी भने झै भएको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ फेवाको भनाई छ ।

संघका अनुसार नगरका ५० प्रतिशत होटल व्यवसायीहरुले बैंकबाट कर्जा लिएर व्यवसाय शुरु गरेका छन् । अहिले बैंकले कर्जा बुझाउन पटक पटक ताकेता गर्दा व्यवसायीहरु थप मारमा परेको व्यवसायीहरुको भनाई छ ।

होटलसँग प्रत्यक्ष सम्पर्क रहेको ट्राभल व्यवासाय समेत अहिले ठप्प प्रायः भएका कारण ट्राभल व्यवसायीहरुले ठूलो आर्थिक व्ययभार खेप्नु परेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रको भनाई छ । करीब एकसयको हाराहारीमा ट्राभल व्यवासायी भएपनि ६० भन्दा बढी व्यवसायी संघमा आवद्घ रहेको अध्यक्ष कार्कीको भनाई छ ।

करोडौ रुपैयाको लगानी गरेर सञ्चानमा रहेका ट्राभल व्यवासाय एकाएक बन्द हुँदा त्यसमा आश्रित संयौ मजदुरको अवस्था दयनिय रहेको अध्यक्ष कार्कीको भनाई छ । होटल र पर्यटन एक अर्काबीच घनिष्ट सम्बन्ध रहेको भन्दैं संघका महासचिव प्रितम गौतम पूर्वक्षेत्र पर्यटनको प्रश्स्त सम्भावना बोकेकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकहरु नगरका होटलमा बस्ने गरेका थिए । अहिले नोवल कोरोना भाइरस कोभिड १९ का कारण अहिले पनि होटल तथा पर्यटन व्यवसाय सञ्चालनमा आउन नसकेको उहाँको भनाई छ ।

आशिंकरुपमा केही केही ट्राभल व्यवासाय खुले पनि पर्यटकको अभावमा घरभाडा तिर्न नै धौ धौ परेको महासचिव गौतमको भनाई छ । होटल तथा ट्राभल व्यवासायीहरुले सहुलियत व्याजदरमा ऋण, विद्युत, पानी, टेलिफोन महशुल छुट, तथा राहत प्याकेज लगायतका विभिन्न माग राखेर स्थानीय र प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाए पनि कुनै सम्बोधन नभएको उनीहरु बताउछन् ।

हरेक व्यवसायीहरुले सरकारलाई समयमै कर तिरेपनि संकटका बेला आफ्ना समस्याको सम्बोधन नगर्दा आफुहरुलाई दुःख लागेको व्यवसायीहरुको भनाई छ । अन्य क्षेत्रका व्यवसायी र मजदुरहरुलाई राहत प्रदान गरे पनि होटल तथा ट्राभल व्यवासायीहरु त्यसमा कार्यरत मजदुरहरुले कुनै सुविधा नपाएको गुनासो उनीहरुको छ ।

साच्चै अहिले विश्वमा महामारीकारुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ का कारण विश्व बन्दाबन्दीको अवस्थामा । विश्वको अर्थतन्त्र डामाडोल छ यस्तो वेला राज्यले आफ्ना देशका नागरिक र व्यवसायीहरुका लागि केही न केही सुविधाका लागि सम्बोधन गर्नैपर्छ । यसबारेमा सम्बन्धित पक्षले बेलैमा विचार पुर्याउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here