अति बिपन्न १६ घरपरिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान

0
782

तुलसीप्रसाद निरौला ,विर्तामोड  ।

राहतका लागि सामाजिक अभियानले अर्जुनधारा नगरपालिका वडा नं. ८ का अति बिपन्न १६ घरपरिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेको छ ।

 

स्थानीय बिरिङ्ग टाङ्गटिङ्ग खोलामा नदीजन्य पदार्थ संकलन गरी दैनिक गुजारा चलाउँदै आएका उनीहरु बिरिङ्ग टाङ्गटिङ्ग खोलामा नदीजन्य पदार्थ संकलन कार्य बन्द भएपछि भोकभोकै वस्न वाध्य भएको खवर पाएपछि राहतका लागि सामाजिक अभियानले उनीहरुलाई दैनिक उपभोग्य सामग्री प्रदान गरेको समाजसेवी तथा निर्माण व्यवसायी शेरबहादुर थापाले वताए ।

राहतका लागि सामाजिक अभियानले अर्जुनधारा नगरपालिका वडा नं. ८ का अति बिपन्न १६ घरपरिवारलाई प्रति परिवार १५ केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, एक केजी नुन बितरण गरिएको अभियन्ता तथा गायक गणेश ढुंगानाले बताए ।
राहतका लागि सामाजिक अभियानका अध्यक्ष जगतबहादुर रानामगरको अध्यक्षता तथा अर्जुनधारा –८ का वडाध्यक्ष गोपिचन्द गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजसेवी तथा निर्माण व्यवसायी शेरबहादुर थापा , भ्रष्टाचार विरोधी अभियन्ता महेन्द्र प्रसाईं, नेपाल लाइफ इन्स्योरेन्सकी एजेन्सी मेनेजर सुनिता धिमाल, मोती चौधरी, समाजसेवी पदम श्रेष्ठ, खगेन्द्र कँुवर, जीवन दर्नाल, बिरेन्द्र उदास लगायतले उक्त सामग्री वितरण गरेका थिए ।

karyakarm

कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा –८ का वडाध्यक्ष गोपिचन्द्र गौतमले लकडाउनका कारण भोकभोकै वस्न वाध्य अर्जुनधारा नगरपालिका वडा नं. ८ का अति बिपन्न १६ घरपरिवारलाई राहतका लागि सामाजिक अभियानले दैनिक उपभोग्य सामग्री प्रदान गरेर ठूलो गुन लगाएको बताए ।
कार्यक्रममा वडासदस्य सेवन्त ढकाल, नेता मदन बुढाथोकी,टंक प्रसाद घिमिरे, देवी खाती, मेदनी गुरागाईं लगायतले राहतका लागि सामाजिक अभियानले अति बिपन्न १६ घरपरिवारलाई राहत प्रदान गरेर उनीहरुको घाउमा मल्हमपट्टि लगाएको भन्दै संस्था र अभियन्ताको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सहजीकरण सञ्चारकर्मी तथा अभियानका सचिव रञ्जित परियारले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here