प्रदेश १ सामाजिक विकास मन्त्री घिमिरेलाई पनि कोरोना

0
808

विराटनगर,

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण देखिएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो। भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको थियो।

सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ। शनिबार साँझदेखि घिमिरे निवासमै रहेका छन्। मन्त्री घिमिरेले आफ्नो स्वास्थ अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here