पूर्वन्यायाधीश चालिसेको कोरोनाबाट निधन

0
697

काठमाडौं,

पूर्व न्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ७० वर्षीय उनी लामो समयदेखि मुटुको समस्या कारण उपचाररत थिए।

तत्कालिन पुनरावेदन अदालतको मुख्य न्यायाधीशबाट अवकाश प्राप्त चालिसे सामान्य बिरामी भएका थिए। चालिसेको मंगलबार बिहान गंगालाल अस्पतालमा निधन भएकाे काठमाडौं महानगरपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए।

उनी गत भदौ ११ गते अस्पताल भर्ना भएको र आज बिहान ७ बजे निधन भएको केसीको भनाइ छ । उपचारकै क्रममा उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो। काठमाडौं महानगरपालिका वडा नम्बर ३ निवासी उनी २०७० साल असार २५ गते तत्कालीन पुनरावेदन अदालत पोखराको मुख्य न्यायाधीशबाट अवकाश भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here