बलात्कारको अभियोगमा पक्राउ

0
532

बाँके,

डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारका फकिर बलात्कारको अभियोगमा पक्राउ परेका छन् ।

रातका समयमा झारफुक गर्ने बहानामा बोलाएर बलात्कार गरेको आरोप लगाउँदै महिलाहरुको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बलात्कारको अभियोगमा हजरत कम्मरशाह बाबा दरगाहा सरिफ मजारमा लामो समयदेखि झारफुकसमेत गर्दै आएका फकीर नजिर मोहम्मद साईले झारफुक गर्ने बहानामा दुई महिलालाई बलात्कार गरेको उजुरी परेपछि अनुसन्धानका लागि पक्राउ गरेका छौँ ।” महिलाहरु यही भदौ १० गते राति नेपालगन्जबाट झारफुकका लागि हजरत कम्मरशाह बाबा दरगाह सरिफ मजारमा गएका थिए ।

पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय कम्दीबाट खटिएको प्रहरी टोलीले ४० वर्षीय साईलाई पक्राउ गरेको थियो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रनाउ खड्काले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here