बाह्रदशी ६ मा बर्थिङ सेन्टर सहितको स्वास्थ्य संस्था सञ्चालनमा

0
740

झापा,

स्थानीय दाताले स्वास्थ्य चौकी निर्माणका लागि सात कट्ठा जमिन निःशुल्क प्रदान गरेसंगै बाह्रदशी गाउँपालिका – ६ मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । बर्थिङ सेन्टर सहितको स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय समाजसेवी भानुप्रसाद तिवारीको स्मृतिमा उहाँका दुई छोराहरु ज्ञानेन्द्र र पुण्यप्रसाद तिवारीले सात कट्ठा जमिन निःशुल्क प्रदान गरंसंगै स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरिएको वाह्रदशी गाउँपालिका ७ का वडाअध्यक्ष मित्रप्रसाद भट्टराईले जानकारी दिनुभयो ।


सहरी विकास तथा भवन निर्माण विभागको तीन करोड रुपैयाँको लागतमा नव निर्मित भवनमा बर्थिङ सेन्टर समेत सञ्चालनमा ल्याइएको छ । बाह्रदशी गाउँपालिका अन्तरगत पाँच वटा स्वास्थ्य केन्द्र रहेको छन् । जसमा इलाका स्वास्थ्य चौकी राजगढमा मात्रै बर्थिङ सेन्टर रहेकाले गाउँपालिकाका उत्तरी भेगका सर्बसाधारणलाई सेवा प्रदान गर्न सहज होस् भन्दै स्वास्थ्य चौकी डागीवारीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको वाह्रदशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार साहाले बताउनुभयो । उहाँले महामारीको यो समयमा पनि स्वाथ्यकर्मीहरुले स्वास्थ्य सावधानी अपनाएर नियमित सेवा प्रदान गरिरहेको बताउनुभएको छ ।
गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले उद्घाटन गरेको बर्थिङ सेन्टरमा २४ सै घण्टा सेवा प्रदान गर्ने जनाइएको छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसंगै डाँगीवारी आसपासका महिलाहरुलाई सुरक्षित प्रसुतिका लागि फाइदा पुग्ने अध्यक्ष राजवंशीले बताउनुभयो ।
वाह्रदशी गाउँपालिका – ६ का अध्यक्ष रत्नप्रकाश योङ्हाङ्गको अध्यक्षतामा वर्थिङ सेन्टर उद्घाटन गरिएको थियो । सो अवसरमा दातालाई सम्मान समेत गरिएको छ ।

वाह्रदशी गाउँपालिकाले हरेक वडामा स्वास्थ्य चौकी बनाउने अभियान सञ्चालन गरेको छ । सोही अभियान अन्तरगत वाह्रदशी ६ सिमल चौक नजिकै स्वास्थ्य चौकी भवन निर्माण भएको हो ।
यता आदिवासी र मुस्लिम समुदायको वाहुल्यता रहेको वाह्रदशी ४ मा महामारीको यो समयमा स्वास्थ्य सेवा प्रदान गर्न कठिन हुने गरेको स्वास्थ्यकर्मीले बताउँदै आएका छन् । स्वास्थ्य केन्द्र चकचकीका प्रमुख रामनारायण शर्माले महामारीको यस्तो भयाभव अवस्थामा सेवा लिन आएका सर्वसाधारणले स्वास्थ्य सावधानी नअपनाउँदा जोखिम बढेको बताउनुभएको छ ।
कोरोना माहामारीको कहरका बीच बाह्रदशी गाउँपालिकामा मात्रै होइन अहिले झापाका सबै पालिकामा हेका स्वास्थ्य संस्थाले स्वास्थ्य सचेतना अपनाएर नियमित स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here