झापाका ४ सय २९ जना कोरोना संक्रमित निको भए

0
792

सुरुङ्गा,

झापाका ४ सय २९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
५ सय ९० जना कोरोना संक्रमित मध्ये एक जनाको मृत्यु भएको छ भने बाँकी सबै उपचारपछि निको भएर घर फर्किएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईका अनुसार अझैं पनि एक सय ४७ जना कोरोना संक्रमित उपचाररत छन् । कोरोना संक्रमित मध्ये केही झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा सञ्चालित कोरोना उपचार केन्द्रमा उपचाररत छन् भने केही बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा कोशी अस्पताल विराटनगरमा उपचाररत रहेको चम्लगाईले जानकारी दिनुभयो ।
वुधवारमात्रै दमकमा ९, वाह्रदशीमा ४ र गौरीगञ्जमा एक जना कोरोना संक्रमित थपिएसंगै झापामा कोरोना संक्रमितको संख्या ५९० पुगेको हो । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here