आलमको परिवारलाई गाउँपालिकाको सहयोग

0
321

झापा,

झापा गाउँपालिकाले रफिकुल आलमको परिवारलाई ५८ हजार रुपैयाँ राहत प्रदान गरेको छ ।
गाउँपालिकाको वडा नं ३ कामाटोलीमा गोरु काटेको विषयलाई लिएर प्रहरीसंग झडपमा सुरक्षाकर्मीले चलाएको गोली लागेर आलमको मृत्यु भएको थियो ।
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले मृतकका आलमका परिवारलाई राहत रकम उपलब्ध गराउनुभएको हो । आर्थिक अवस्था सामान्य भएका आलमले मजदुरी गरेर परिवार धानेको र उनको मृत्यु पछि परिवारमा थप समस्या परेको भन्दै गाउँपालिकाले राहत रकम उपलब्ध गराएको बताइएको छ ।
आलमका दुई छोरा , तीन छोरी र श्रीमती रहेका छन् । रकम हस्तान्तरण कार्यक्रममा झापा गाउँपालिका अध्यक्ष शाह, उपाध्यक्ष कुन्तीदेवी वुढाथोकी , वडा अध्यक्ष मोतिलाल गणेश लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here