बिर्तामोड ।

झापामा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
शिवसताक्षी – ११ स्थित सताक्षीधाम जाने सडकमा सोही ठाउँका २८ वर्षीय गोमनसिंह मगरको घाँटीसंगै शरिरका विभिन्न भागमा घाउ चोटसहितको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
उनको शव स्थानीय रतुवामाइ वृक्षारोपण आयोजनाका कर्मचारीले देखेपछि प्रहरीमा खबर गरेका बताइएको छ । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीले सोबारेमा अनुसन्धान शुरु गरेको जनाएको छ । स्थानीयबासीले मगरको हत्यामा संलग्नको पहिचान गरि पक्राउ गर्न माग गरेका छन् ।
अहिले घटना स्थाललाई सुरक्षित गर्ने काम गरिएको र संघिय प्रहरी कार्यालय धरानबाट कुकुर ल्याईदै गरेको र कुकुरले उक्त घटनाको विषयमा अनुसन्धान गर्ने र त्यसपछि मात्रै घटनाको विषय बोल्ने डीएसपी थापाले बताए ।































