मोरङ,

फोन मार्फत गोली हान्ने धम्की दिँदै फिरौती माग्ने ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । करिब एक महिना अघि विराटनगर महानगरपालिका २ हेरिसन होटेल अगाडी यो समूहले हवाई फायर गरेको थियो ।
यस्तै मोरङका अन्य केही व्यवसायीलाई फोन मार्फत फिरौती माग्ने र नदिए घर अगाडी हवाई फायर गर्ने कार्यमा संलग्न यी ५ जनालाई मङ्गलवार पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट एक थान पेस्तोल र केही राउन्ड गोली बरामद भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यी समूहले गोली फायर गरेको खोका समेत बरामद गरिएको छ ।
‘मोरङका दुई स्थानमा यी समूहले गोली फायर गरेर व्यवसायी मार्फत फिरौती लिएको अवस्था छ’, एक प्रहरी अधिकृतले भने ‘एक व्यवसायीबाट पाँच लाख नगद लिइसकेका थिए ।’
पक्राउ पर्नेमा एक भारतीय नागरिक समेत छन् । पक्राउ परेका अभियुक्ताहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।































