बिर्तामोडका एक बालकसहित झापाका१४ जनामा कोरोना पुष्टि

0
489

बिर्तामोड ।

झापाको बिर्तामोडका एक बालक सहित झापामा १४ जना ब्यक्ति संक्रमित भएका छन् ।

बिर्तामोडका पाँच वर्षीय बालकसहित थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । बालक भारतबाट आएका हुन् । बिर्तामोड–६ का एक महिला, एक पुरुष र बिर्तामोड–५ का एक जना बालकमा कोरोना पुष्टि भएको फोकल पर्सन ओम खड्काले जानकारी दिए ।

बालक बाहेक दुई जना भरतपुर क्यान्सर अस्पतालबाट उपचार गरेर फर्किएका व्यक्ति भएको जनाइएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले दमकका ३ महिला र ६ जना पुरुष, गौरीगञ्जका १ जना पुरुष तथा बाह्रदशी गाउँपालिकाका एक महिला र ३ जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।

दमकका ९ जना संक्रमित वडा नम्बर २, ३, ५, ६ र ९ का हुन् । ती मध्ये एक जना कमल गाउँपालिका–३ का स्थानीयबासी हुन् । त्यस्तै गौरीगञ्जका वडा नम्बर १ का हुन् भने बाह्रदशीका ४ जना वडा नम्बर १, ५ र ७ को रहेको उनको भनाइ छ । बाह्रदशीका संक्रमित सबै स्थानीयबासी रहेको फोकल पर्सन चौलागाईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here